काठमाडौँ, ६ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।
एमालेका उम्मेदवार रामेश्वर बोहोरा ९ हजार ३ सय २६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीराम थापाले ७ हजार ७ सय ५७ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै उपप्रमुखमा एमालेकै भानु डोटेल ९ हजार ७ सय ४६ मतका साथ विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गीता न्यौपाने अर्यालले ६ हजार ६ सय २ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो ।


