नवलपरासी, ४ जेठ २०७४ । नवलपरासीको देवचुली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णकुमार श्रेष्ठ ८ हजार ५ सय ७९ मत ल्याएर विजयी हुनु भएकोछ भने वहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का हरि न्यौपानले ८ हजार ५ सय १० मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुख पदमा नेकपा (एमाले) की उम्मेदवार पार्वती तिवारीले ८ हजार ७ सय ५१ मत ल्याएर विजयी बन्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी लक्ष्मी बस्ताकोटीले ८ हजार ३ सय ९१ मतमा चित्त बुझाउन परेको थियो ।
नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका ८ वटा तहका निर्वाचनमध्ये हालसम्म ५ वटा स्थानीय तहको मात्र मतगणना पूरा भएको छ ।
जसमध्ये ५ वटै गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् भने मतगणना पूरा भएको देवचुली नगरपालिकाको प्रमुखमा पनि नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेका छन् ।


