एमालेको मेची–महाकाली अभियान झडपमा मृत्युहुने परिवारलाई रकम हस्तान्तरण

सप्तरी, ४ जेठ २०७४। उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका मृतक पाँच जनाको परिवारलाई तथा आफन्तलाई आज राजविराजमा आयोजित एक कार्यक्रममा राहत स्वरुप १०/१० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार पाँचै जनालाई सहिद घोषणा गरिएको मन्त्री निधीले जानकारी दिनुभयो ।

एमालेको मेची–महाकाली अभियानअन्तर्गत मलेठस्थित राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित कार्यक्रमको विरोध गर्ने क्रममा गत फागुन २३ गते मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा परी पाँच जनाको मृत्यु भएको थियो ।

सप्तरीको मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनी ५ टेङ्गरीका सिनियर अहेव आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

यस्तै, उपप्रधानमन्त्री निधिले मलेठ घटनाको बारेमा पुनरावेदन अदालतका पूर्वमुख्य न्यायधीश अली अकबर मिकरानीको संयोजकत्वमा पूर्वन्यायाधीश एकराज बराल र पूर्वप्रहरी महानिरीक्षक श्याम बहादुर खडका रहनुभएको तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरिएको र त्यसले एक महिनाभित्र प्रतिवेदन बुझाउने जानकारी दिनुभयो ।

 

  • 23Read This News:
  • 482590Total reads:
  • 289014Total visitors: