मेसेडोनियाका राष्ट्रपतिद्वारा प्रतिपक्षीलाई सरकार बनाउन आग्रह

मेसेडोनिया, ४ जेठ २०७४ । मेसेडोनियाका राष्ट्रपति जर्ज इभानोभद्वारा लामो समयदेखि प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएको ‘सोसल डेमोक्रेटिक पार्टी’ (एसडीएसएम) लाई नयाँ सरकार बनाउन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति इभानोभले निर्वाचन भएको ५ महिनापछि बुधबार प्रतिपक्षी दलका नेता जोरान जायभलाई सरकार गठन गर्नका लागि एसडीएसएमसँग संसदमा बहुमत रहेको पुष्टि गरेपछि राष्ट्रपतिले लामो समयदेखिको राजनीतिक अन्योललाई अन्त्य गर्दै सरकार गठनका लागि निर्देशन दिनुभएको हो ।

जयभको दलले जातीय अल्बानियाली दलहरुको समर्थनमा आफ्नो बहुमत पुष्टि गर्न सफल भएको हो ।

 

  • 19Read This News:
  • 449601Total reads:
  • 260998Total visitors: