डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

डोल्पा, १ जेठ २०७४ । काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का अङ्गत राना ९२० मत ल्याएर विजयी हुनुभएको छ । यो सहित नेकपा (एमाले) ४ स्थानमा विजय हासिल गरेको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याई विजयी हुनुभएको छ भने काँग्रेसका हिमाली रोकायाले ६३ मत प्राप्त गर्नुभएको छ । यो सहित राप्रपाले उपाध्यक्षमा १ स्थानमा विजय हासिल गरेका ेछ ।

यस्तै ठूलीभेरी नगरपालिका– १ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी हुनुभएको छ । ठूलीभेरी नगरपालिका– २ मा नेकपा (एमाले)का देवी रोकाया वडाध्यक्षमा विजयी हुनुभएको छ ।

यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका सुवर्ण बुढाले २५० मत र नेकपा (एमाले)का गणेश शाहीले १२६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाका योगेन्द्रबहादुर शाहीले २४० मत तथा नेकपा (माओवादी केन्द्र)का लक्ष्मी चन्द कार्कीले ८४ मत प्राप्त गर्नुभएको छ ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा पनि मतगणना सुरु भएको छ ।

 

  • 26Read This News:
  • 449597Total reads:
  • 260996Total visitors: