सुर्खेत, १ जेठ २०७४। लेकबेसी नगरपालिका–१ मा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको संयुक्त समूह विजयी भएको छ ।
मतपरिणामानुसार एमालेका मानबहादुर पुनले ७ सय ९८ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी हुनुभएको छ । पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिमान घलेले ४ सय ४० र नेकपा (माओवादी केन्द्र)का धनबहादुर ठाडाले २ सय ३३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सदस्यमा भवानी कँडेल, नरबहादुर फौजा र टीका पौडेल विजयी हुनुभएको छ ।


