कास्कीका चार गाउँपालिकामा मतगणना सुरु, मादीमा एमाले अगाडि

कास्की, १ जेठ २०७४। कास्कीका ४ वटै गाउँपालिकामा मतगणना सुरु भएको छ ।

मादी गाउँपालिकामा आज विहान ४ बजेबाटै सुरु भएको र सो गाउँपालिकामा एमाले अगाडि भएको निर्वाचन अधिकृत गुरुदत्त ढकालले वताउनुभएको छ ।

यो समाचार तयार पार्दासम्म १ हजार १८८ मतगणना गरिएकामा अध्यक्ष पदका प्रत्यासी नेकपा एमालेका बेदबहादुर गुरुङले ६५६, नेपाली काँग्रेसका देवीजङ्ग गुरुङले ४७३, नेकपा (माओवादी केन्द्र)की राधा सापकोटाले १७ मत प्राप्त गर्नुभएको छ ।

सो गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)ले वडाध्यक्षसहित २ खुल्ला सदस्य, १/१ महिला सदस्य र दलित महिला सदस्यमा विजयी हासिल गरेको छ ।

सो गाउँपालिकामा १३ हजार ५५९ मतदाता रहेकामा ९ हजार ८८० मत खसेको थियो ।

जिल्लाका रुपा, अन्नपूर्ण र माछापुच्छ्ररे गाउँपालिकामा अहिले सर्वदलीय बैठक सकेर मतगणना सुरु भएको छ ।

 

  • 15Read This News:
  • 449697Total reads:
  • 261090Total visitors: