कास्की, ३० वैशाख २०७४ । कास्कीमा १३ वटा मोटर जाने पुल निर्माणाधीन छन् ।
चालु आवको असार मसान्तसम्म ५ वटा पुल निर्माण सम्पन्न हुने र बाँकी अर्को आ.व.भित्र सकिने जिल्ला समन्वय समिति कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बरालले जानकारी दिनुभयो ।
कालीखोला, रामदुवाली, काहुँखोला, इदीखोला र पात्सेखोलाका पुल यसै आवमा बन्नेछन् । इ बरालका अनुसार ती सबै पुल निर्माणका लागि जिल्ला समन्वय समितिले ठेकेदारसँग झन्डै रु २९ करोडको सम्झौता गरेको छ ।


