इलाम, ३० वैशाख २०७४। जिल्ला ट्राफिक कार्यालयले चालु आवको नौ महिनामा सवारी नियम उल्लङ्घन गर्ने सवारीचालकबाट रु ४३ लाख राजस्व सङ्कलन गरेको छ ।
ट्राफिक प्रमुख पदमबहादुर राईकाअनुसार मोटरसाइकलबाट रु १५ लाख ३ हजार, जिप तथा भ्यानबाट रु १४ लाख ३४ हजार, ट्रकबाट रु ८ लाख ५० हजार, ट्याक्टरवाट रु ३ लाख तथा बसबाट रु १ लाख ५३ हजार राजस्व सङ्कलन गरेको हो । ट्राफिक प्रहरीले ७ हजार ७०० वटा सवारीसाधनका चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । गत आवमा ट्राफिक कार्यालयले रु ५१ लाख ७० हजार राजस्व सङ्कलन गरेको छ ।


