सिलिन्डर बम विस्फोट, २ वटा घरमा क्षति

भक्तपुर, २९ वैशाख २०७४ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले आज विहान सिलिन्डर बम विस्फोट गराएको छ ।

दुवाकोटको काठमाडौँ मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि विहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिन्डर बम विस्फोट भएको खत्रीले जानकारी दिनुभएको छ ।

बम विस्फोट हुँदा खत्रीको घरका ८ वटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको ४ वटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी वृत्त, थिमिले जानकारी दिएको छ ।

घटनाको प्रहरीले अनुसन्धान सुरु गरी घटनामा संलग्नको खोजी सुरु गरेको प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो । यसअघि बुधबार राति १२ बजे लोकन्थलीमा पनि सिलिन्डर बम विस्फोट गराउने तयारी गरेको थाहा भएपछि नेपाली सेनाको टोलीले निष्क्रिय गरेको थियो ।

 

  • 56Read This News:
  • 449867Total reads:
  • 261250Total visitors: