म्याक्रोँको दलमा ५२ प्रतिशत उम्मेदवार नयाँ हुने

फ्रान्स, २९ वैशाख २०७४। फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोको दलले आगामी जुनमा हुने संसदीय निर्वाचनको ४२८ जनामध्ये करिब ५२ प्रतिशत राजनीतिमा नयाँ अनुहार ल्याउने सो दलले बिहीबार जनाएको छ ।

मध्यमार्गी नेता म्याक्रोँको दलमा निर्वाचन लड्न तयार २१४ जना अर्थात ५० प्रतिशत महिलालाई प्रतिनिधित्वका सुरक्षित गरिने बताइएको छ ।

रिपब्लिक अन द मुभका म्याक्रोँका महासचिव रिचार्ड फेरार्डका अनुसार पार्टीको तर्फबाट आएका १९ हजार आवेदकमध्येबाट ५० प्रतिशत महिला र ५२ प्रतिशत राजनीतिमा अहिलेसम्म ठूलो पद धारण नगरेका युवालाई छानिएको बताउनुभयो ।

मध्यमार्गी नेता म्याक्रोँले राष्ट्रपतिको निर्वाचनमा विजय हासिल गरेपछि उक्त दलबाट आफू संसदीय निर्वाचनमा उम्मेदवार हुन चाहेको भनी आएको अनुरोधलाई अस्वीकार गरेको छ ।

म्याक्रोँको दलले संसदीय निर्वाचनमा भल्ज उठेको ठाँउबाट आफ्नो उम्मेदवार भने नउठाउने बताएको छ ।

म्याक्रोँको दल ‘रिपब्लिक अन द मुभ’ले पेरिसको बाहिरी क्षेत्र एभरी, जहाँबाट भल्जले संसदमा प्रतिनिधित्व गर्नुभएको थियो, भल्जसँग आफ्नो उम्मेदवारलाई नउठाउने प्रस्ताव गरे अनुसार राष्ट्रपतीय निर्वाचन पूर्व प्रधानमन्त्री भल्जको म्याक्रोँलाई सहयोग रहेकोे थियो ।

 

  • 30Read This News:
  • 485777Total reads:
  • 290596Total visitors: