बिहीबार राति १२ बजेपछि उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने

काठमाडौँ, २७ वैशाख २०७४ । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि भोलि बिहीबार राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/गराउन निषेध गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ – “स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६ को (१)मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।”

सोही निर्देशिकाको दफा ७ को उपदफा (१) मा मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउने वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ ।

 

  • 25Read This News:
  • 532521Total reads:
  • 335410Total visitors: