सुरक्षा कारबाहीमा अफगानिस्तानमा ७१ लडाकू मारिए

अफगानिस्तान, २६ वैशाख २०७४। अफगानिस्तानका विभिन्न ठाउँमा पछिल्लो २४ घण्टामा भएका सुरक्षा कारबाहीमा परी ७१ जना लडाकू मारिएका अफगान गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

सुरक्षा कारबाहीका क्रममा ३५ जना घाइते भएका र ७ जनालाई नियन्त्रणमा लिएको रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । उनीहरुबाट नियन्त्रणमा लिइएका हतियार तथा विस्फोटक पदार्थ पनि सुरक्षाकर्मीले नष्ट गरेका छन् ।

सुरक्षा अधिकारीहरुले सरकारी सुरक्षाकर्मीतर्फ कुनै क्षति भएको वा नभएको बारेमा केही उल्लेख गरेका छैनन् । देशका ३४ ओटा प्रदेशमध्ये १७ ओटा प्रदेशमा सडकको वरिपरी राखिएका बम र विद्युतीय धरापहरु निश्क्रीय पारेको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा पछिल्लो केही समयदेखि तालिवान लडाकूहरु विरुद्धको सुरक्षा कारबाहीलाई तिब्र बनाइएको छ । बसन्त ऋतु र ग्रिष्म ऋतुमा अफगानिस्तानमा धेरै भिडन्त हुने समयको रुपमा लिइन्छ ।

 

  • 28Read This News:
  • 451484Total reads:
  • 262768Total visitors: