दक्षिण कोरियामा राष्ट्रपतिका लागि मतदान

दक्षिण कोरिया, २६ वैशाख २०७४। नयाँ राष्ट्रपति चयनका लागि दक्षिण कोरियामा मङ्गलबार देशभरी मतदान भएको छ ।

निवर्तमान राष्ट्रपति पार्क गेउन हेलाई भ्रष्टाचारको अभियोग लागेर पदमुक्त हुनुभएपछि दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन गर्न मतदान भएको हो ।

मतदानका लागि देशभरी १३ हजार ९६४ मतदान केन्द्रहरु रहेको सरकारी अधिकारीले बताएका छन् । स्थानीय समयानुसार विहान ६ बजेदेखि सुरु भएको मतदानकार्य बेलुका ८ बजेसम्म हुने भएको छ ।

अघिल्लो पटक सन् २०१२ मा भएको निर्वाचनका बेलाभन्दा यस पटक दुई घन्टा बढी मतदानको समयावधि राखिएको छ । अघिल्लो पटकभन्दा यस पटक मतदाता बढ्ने अनुमान गरेर मतदानको समयावधि पनि बढेको हो ।

दक्षिण कोरियाको राष्ट्रपतिबाट नाटकिय तरिकाले बहिरिने पार्क एक मात्र व्यक्ति हुनुहुन्छ । उहाँले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको भन्दै दक्षिण कोरियामा लामो समय उहाँका विरुद्धमा प्रदर्शनसहितको आन्दोलन भएको थियो ।

संवैधानिक अदालतले पदमुक्त भएको फैसला गरेको दुइदिनमा उहाँले राष्ट्रपति कार्यालय खाली गर्नुभएको थियो ।

 

  • 30Read This News:
  • 451571Total reads:
  • 262855Total visitors: