पोखरालाई समृद्ध महानगर र क्षेत्रिय वसपार्क वनाउने काँग्रेसको सपना

पहिलो चरणको स्थानिय तह निर्वाचनकालागि मनोनयन दर्ता गर्दै विभिन्नदलका तथा स्वतन्त्र उम्मेदवारहरु (फोटो फिचर)

कास्की, २५ वैशाख २०७४। नेपाली काँग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले समृद्ध महानगर काँग्रेसको सपना भएको बताउनुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २८, ३१ र ३२ मा आइतबार घरदैलो कार्यक्रममा सहभागी हुँदै उहाँले आम मानिसले कल्पना गरेको समृद्ध पोखरा निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

“निर्वाचनमा विजयी भएसँगै पोखराको गुरुयोजना तयार गरेर आधुनिक पोखरा निर्माण अभियानको थालनी गर्ने छु,” उहाँले भन्नुभयो “काँग्रेस कास्कीले विकासका पाँचवर्षे घोषणापत्र तयार गरी समृद्ध महानगरका योजना सार्वजनिक गरिसकेको छ, त्यसको कार्यान्वयन गर्ने मेरो पहिलो दायित्व हो ।”

महानगरको उपप्रमुखकी उम्मेदवार सरस्वती गुरुङले लामो समयदेखि अलपत्र अवस्थामा रहेको क्षेत्रीय बसपार्क निर्माणलाई निर्वाचनको परिणामको भोलिपल्टबाट नै सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

  • 26Read This News:
  • 483378Total reads:
  • 289194Total visitors: