योगालाई खेलकुदको रुपमा मान्यता दिइने

काठमाडौँ, २४ वैशाख २०७४। युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले योगाको माध्यमबाट व्यक्तिको शरीरमा स्वस्थता आउने तथा मानसिक एकाग्रता हुने भएकाले सरकारले योगालाई खेलकुदसँग जोड्ने योजना बनाएको बताउनुभएको छ ।

नेसनल स्पोर्टस काउन्सिलले आयोजना गरेको प्रथम साउथ एसियन योगा च्याम्पियनशीप–२०१७ को आज ललितपुरमा उद्घाटन गर्दै उहाँले असल आचरण भएका खेलाडी नै देशको राम्रा खेलाडी बन्न सक्ने बताउनुभयो ।

सो मन्त्रालयका सचिव महेशप्रसाद दाहालले योगाले व्यक्तिलाई आत्मनुशासनमा बाँध्ने बताउनुभयो । इण्डियन योगा स्पोर्टस् फेडरेसनका वरिष्ठ उपसभापति सुरजपाल सिंह तथा उपसभापति सुरेन्द्रसिंह चौहानले योगाले नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई जनस्तरमा प्रगाढ बनाएको धारणा राख्नुभएको थियो ।

यही वैशाख २६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपाल, पाकिस्तान, भारत तथा बङ्गलादेशका गरी १६० जनाले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

 

  • 34Read This News:
  • 480907Total reads:
  • 288357Total visitors: