अप्रिल महिनामा ३ सय ९ जना इराकीको द्वन्द्वका कारण मृत्यु

इराक, १९ वैशाख २०७४। इराकमा जारी सशस्त्र द्वन्द्व, आतङ्ककारी आक्रमण तथा विभिन्न हिंसात्मक घटनामा अप्रिल महिनाभरी ३०९ जना सर्वसाधारणको मृत्यु भएको छ भने ३८७ जना घाइते भएको संयुक्त राष्ट्रसङ्घ इराक मामिला सहायता कार्यक्रम (यूएनएएमआई) ले सोमबार जनाएको छ ।

यूएनएएमआईद्वारा जारी विज्ञप्तिमा मृतक तथा घाइते सङ्ख्यामा सुरक्षाकर्मीतर्फको विवरण प्रस्तुत छैन । साथै इराकी विद्रोहीले आफ्नोतर्फको क्षतिको विवरण दिन अस्वीकार गरेको छ ।

यसअघि सुरक्षाकर्मीतर्फ क्षतिको सङ्ख्याका विषयमा सेनाले आधिकारिकता माथि प्रश्न उठाएको थियो भने सेनाद्वारा दिइएको विवरणप्रति यूएनएएमआईले अविश्वास प्रकट गरेको थियो ।

मृतक सर्वसाधारणमध्ये इराकको उत्तरी प्रान्त नाइनमेहमा सबैभन्दा धेरै १५३ जनाको मृत्यु भएको थियो भने १२३ जनाको पश्चिमी मोसुलमा भएका युद्धमा मारिएको विज्ञप्तिमा जनाइएको छ ।

 

  • 29Read This News:
  • 448459Total reads:
  • 259937Total visitors: