कार्कीमाथी महाअधियोग दर्ता पछि कामु प्रधानन्यायाधीशमा पराजुली

काठमाडौँ, १८ वैशाख २०७४ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आइतवार पदबहाली गर्नुभएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि उहाँले वरिष्ठतम् न्यायाधीशको हैसियतले कायममुकायम प्रधानन्यायाधीशको रुपमा पदबहाली गर्नुभएको हो ।

पदबहाली गर्दै उहाँले न्यायालयप्रति यो दुःखद् घटना भएको र संविधान र कानुनले दिएको दायित्व आफूले पूरा गर्ने बताउनुभयो ।

कामु प्रधानन्यायाधीश पराजुलीले आफूले निष्पक्ष र प्रभावकारी रुपमा काम गर्ने प्रयास गर्ने र सत्यको पक्षमा न्यायालय सदा उभिने पनि बताउनुभयो ।

 

  • 44Read This News:
  • 451063Total reads:
  • 262364Total visitors: