उत्तर कोरियाद्वारा गरिएको क्षेप्यास्त्र परीक्षण सफल भएन

उत्तर कोरिया, १७ वैशाख २०७४। अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताउनुभएको केही समयपछि उत्तर कोरियाले पुनःएउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । तर उक्त परिक्षण सफल भने हुन सकेन् ।

दक्षिण कोरिया र अमेरिकी अधिकारका अनुसार उक्त क्षेप्यास्त्र प्रहार गरेको केही समयपछि नै विस्फोट भएको थियो । यसअघि यसै महिनामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो ।

प्योङयाङबाट उत्तरमा पर्ने प्याङगान प्रान्तको दक्षिणी क्षेत्रमा स्थानीय समयानुसार शनिबार बिहान ०५ः३० मा गरेको यो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको थियो ।

दक्षिण कोरियाली सैनिक स्रोतका अनुसार क्षेप्यास्त्रका प्रकृतिलगायत विस्तृत विवरण अझै पनि अनुसन्धारत नै रहेको छ ।

यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिनुभएको थियो ।

कुटनीतिक माध्यमबाट उत्तर कोरियाको विवादको समाधान गर्न खोजेको तर त्यसप्रकार समस्या समाधान खोज्नु अत्यन्त कठिन भएको पनि ट्रम्पले बताउनुभएको थियो ।

यसअघि नै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले अर्को परमाणु परीक्षण गरेमा उत्तर कोरियालाई चीनले प्रतिबन्ध लगाउने चेतावनी दिएको बताउनुभएको थियो ।

उता उत्तर कोरियाले भने अमेरिकामाथि हमलाको परिकल्पना गर्दै एउटा काल्पनिक भिडियो सार्वजनिक समेत गरेको थियो ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले बारम्बार गर्ने परमाणु परीक्षण कार्यक्रम आफ्ना लागि ठूलो विश्वव्यापी चिन्ताको विषय भएको बताउनुभएको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङलाई एक जना असल व्यक्तिको सङ्ज्ञा दिँदै उहाँले आफ्नो अटेर गर्ने छमेकीलाई दबाब बढाइरहेको पनि ट्रम्पले जानकारी दिनुभएको थियो ।

 

  • 60Read This News:
  • 508638Total reads:
  • 311935Total visitors: