सोमबार रियलमाथिको जीत पदकका लागि ‘महत्वपूर्ण कदम’ : मेसी

स्पेन, १२ वैशाख २०७४। बार्सिलोना फुटबल क्लबका अर्जेन्टिनी फुटबल खेलाडी (स्ट्राइकर) लियोनल मेसीको जादुले सोमबार बिहान भएको स्पेनी ला लिगाको प्रतिस्पर्धामा उहाँका चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई स्तब्ध बनाएको छ ।

करिब ८१ हजार घरेलु समर्थक रहेको सेन्टियागो रङ्गलशालामा गत वर्षको ला लिगा कप बार्सिलोना र यस वर्षको विजेताको प्रमुख दाबेदार रियल म्याड्रिडबीच प्रतिस्पर्धा भएको थियो ।

खेलको १९ औँ मिनेटमा रियल म्याड्रिडका डिफेन्डर मार्सेलोको कुमको ठक्करले मुखमा चोट लागेका मेसीले सामान्य उपचारपछि मुखमा सेतो पट्टी च्यापेरै खेलेको खेल दुई विश्व चर्चित खेलाडीको प्रतिष्ठाको विषय बनेको भए पनि मेसीले पोर्चुगलका फुटबल हस्ती तथा म्याड्रिडका प्रमुख स्ट्राइकर रोनाल्डोलाई स्तब्ध तुल्याए । त्यो पनि मेसीले खेलको अन्तिम मिनेटमा गरेको गोल निर्णायक बन्दै बार्सिलोनाले ३–२ गोल अन्तरले रियल म्याड्रिडलाई पराजित गरेको थियो ।

यससँगै बार्सिलोनाको उपाधि रक्षा गर्ने अभियान अघि बढेको छ । रियल म्याड्रिडले उपाधि कब्जाका लागि अब बाँकी छ खेल खेल्नेछ भने बार्सिलोनाले पाँच खेल खेल्नेछ ।

ब्राजिलियाली मिडफिल्डर कासेमिरोले खेलको २८ औँ मिनेटमा मार्सेलोको पासमा रियलका स्ट्राइकर रामोसले गोल पोस्टमा प्रहार गरे पनि पहिलो बारमा ठोक्किएर फिर्ता आएपछिको अवसरलाई सफल पार्न रामोस कति पनि चुकेका थिएनन् ।

तर मेसीले इभान राकिटिकको पासमा ३३ औँ मिनेटमा पाएको बललाई सिधैँ गोल पोस्टमा प्रहार गरे र खेललाई बराबरीमा ल्याउन सफल भए ।

खेलको ७७ औँ मिनेटमा राकिटिकले बार्सिलोनालाई दोस्रो गोल दिलाउन सफल भए तर खेलको थप चार मिनेटभित्रै जेम्स रोड्रिगेजको प्रहारले खेललाई बराबरीमा ल्यायो ।

खेलको अन्तिम समय अर्थात् इन्जुरी समयको अन्तिम केही सेकेन्डभित्र बार्सिलोनाका मेसीले गरेको गोल रियल म्याड्रिडका लागि दुर्भाग्यपूर्ण रह्यो ।

प्रसिद्ध प्रतिद्वन्द्वी समूह रियल म्याड्रिडसँगको जितपछि प्रतिक्रिया दिँदै बार्सिलोनाका विश्व प्रसिद्ध स्ट्राइकर मेसीले रियल म्याड्रिडसँगको जित उपाधिको दाबीका लागि एउटा महत्वपूर्ण कदम भएको आफ्नो फेसबुसक पेजमा बताउनुभएको छ ।

सोमबारको जितसँगै बार्सिलोना खेलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

“हामी ब्रेनाबेउमा ला लिगा कपमको विजेता बन्न गएका थियौँ र केही हदसम्म सफल बन्यौ,” पाँच पटकको उपाधि विजेता बन्न सफल मेसीले बताउनुभयो । यद्यपि उपाधि कब्जाका लागि अझै अघि बढ्नु जरुरी छ ।

 

  • 26Read This News:
  • 448851Total reads:
  • 260319Total visitors: