गुणस्तरीय कृषि शिक्षामा जोड

काठमाडौँ, ८ वैशाख २०७४। कृषि विकास राज्यमन्त्री राधिका तामाङले कृषिलाई शिक्षासँग जोडे मात्र देशको विकास हुने बताउनुभएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) काठमाडौँले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा सम्मान’ कार्यक्रममा राज्यमन्त्री तामाङले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता हो भन्नुभयो ।
हिसानका पूर्वअध्यक्ष एवम् सांसद उमेश श्रेष्ठले देश सङ्घीय प्रणालीमा गइसकेकाले शिक्षा क्षेत्रलाई पनि सङ्घीय रुपमा लैजानु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वैज्ञानिक शिक्षा प्रणालीलाई अवलम्बन गरे मात्र देशको विकास हुन्छ ।”

हिसानका अध्यक्ष रमेशकुमार सिलवाल, वरिष्ठ उपाध्यक्षद्वय नरेन्द्रबहादुर अधिकारी, युवराज शर्मा, एनप्याब्सनका अध्यक्ष कर्णबहादुुर शाहीलगायतले देशको शिक्षा क्षेत्रलाई कुन रुपमा अगाडि बढाउने भन्नेबारेमा विभिन्न विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका प्रतिनिधिसँग छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा शाखाले हिसानका केन्द्रीय समिति, निर्देशक समितिका पदाधिकारी र संयोजक गरी ४६ जनालाई सम्मान गरेको थियो ।

 

  • 19Read This News:
  • 449205Total reads:
  • 260628Total visitors: