पाँचौं सिटिजन्स बैंक खुला लन टेनिस प्रतियोगिता बैशाख १० गतेदेखी शुरुहुने

काठमाण्डौ, ७ बैशाख २०७४ । पाँचौं सिटिजन्स बैंक खुला लन टेनिस प्रतियोगिता आइतबारदेखि आयोजना हुने भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला लन टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न उमेर समूहमा जम्मा १ सय ५० जना खेलाडी सहभागि रहने आयोजक सिटिजन्स बैंकद्वारा बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स, पुरुष डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी भेट्रानस्को ३५, ४५ र ५५ वर्ष भन्दा माथि सिंगल्स र डबल्स तथा ६५ वर्ष भन्दा माथिको उमेर समूहमा सिंगल्स प्रतिस्पर्धा मात्र हुने जानकारी गराईएको थियो ।

साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा रहेको लन टेनिस कोर्ट र सातदोबाटोस्थित टेनिस कोर्टमा खेलाइनेछ ।

 

  • 29Read This News:
  • 449205Total reads:
  • 260628Total visitors: