कैलाली, ७ धनगढी २०७४ । धनगढि टिम चौराहा धनगढि प्रिमियर लिग डी पी एल टि २० क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
धनगढि स्थित अञ्चल प्रहरी कार्यालयको मैदानमा बिहिबार भएको दोस्रो तथा अन्तिम क्वालिफाइ खेलमा रुपन्देही च्यालेनजर्सलाई ९२ रनले पराजित गर्दै धनगढि टिम चौराहा फाईनलमा प्रवेश गर्न सफल भएको होे ।
पहिलो ब्याटिङ्ग गर्दै धनगढि टिम चौराहाले निर्धारित २० ओभरमा ५ विकेटको क्षेतीमा १ सय ७२ रन बनाएको थियो ।
धनगढि टिम चौराहाका कप्तान पारस खड्काले अविजित रहेर सर्वाधिक ६७ रनको योगदान गर्दै अर्ध सतक पुरा गरेका थिए ।
१ सय ७३ रनको विजयी लक्ष्ये पछ्याउने क्रममा रुपन्देहि च्यालेन्जर्सले १५.२ ओभरमा ८० रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।
धनगढि टिम चौराहाका कप्तान पारस खड्का यस खेलको प्लेएर अफ दि म्याच घोषित भएका थिए ।
धनगढिमा बुधबार नै भएको अर्को एलिमिनेटर खेलमा धनगढि टिम चौराहाले काठमाडौँ गोल्डेन्स्लाई ६ विकेटले पराजित गरेको थियो ।
टिम चौराहाका लागि लिलित राजबंशी र शौरभ खनालले समान ३/३ विकेट लिएका थिए भने आरिफ शेखले २ र शुसान भारीले १ विकेट लिएका थिए ।
धनगढि टिम चौराहाले अब शनिबार हुने फाईनलमा बिराटनगर किङ्गस्को सामना गर्ने छ ।
बिराटनगर किङ्गस्ले बुधबार भएको पहिलो क्वालिफाएरमा रुपन्देहि च्यालेन्जर्सलाई २९ रनले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।


