राप्रपाको गतिविधिप्रति आयोगको ध्यानाकर्षण

काठमाडौँ, ६ वैशाख २०७४ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको विचार र उहाँको पार्टीका तर्फबाट केही दिनयता भएका गतिविधिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन अन्तिम तयारीमा जुटिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचन आयोगले गरेको निर्णय जलाउने लगायतका क्रियाकलापले आयोग मर्माहत भएको प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– “नेपालको संविधान र कानुनअनुसार आयोगले कार्यसञ्चालन गरिरहेका अवस्थामा कानुनअनुसार कार्य नगर्न दबाब दिने क्रियाकलापप्रति आयोगले गम्भीर आपत्ति प्रकट गर्दछ ।”

भविष्यमा यस्ता गतिविधि दोहरिन नदिन आयोगले उक्त पार्टीको ध्यानाकर्षण गराएको जनाएको छ ।

 

  • 62Read This News:
  • 449405Total reads:
  • 260822Total visitors: