मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

सिराहा, ३ वैशाख २०७४। सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प १९६८ नंको मोटरसाइकलको ठक्करबाट सिरहाको झोली निवासी ६० वर्षीया सहोदिया कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी कामतीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई जिप्रका, सिरहाले नियन्त्रणमा लिएको छ ।

 

  • 28Read This News:
  • 451099Total reads:
  • 262398Total visitors: