महासङ्घका अध्यक्ष भवानी राणाद्वारा पदभार ग्रहण

काठमाडौँ, ३१ चैत २०७३ । नेपाल उद्योग वाणिज्य महासङ्घमा नवनिर्वाचित कार्यसमितिले बुधवार आफ्नो पदभार ग्रहण गरेको छ ।

महासङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले नवनिर्वाचित अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहितको कार्यसमितिलाई पदभार ग्रहण गराउनुभएको हो ।

मङ्गलबार महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष राणा अध्यक्षमा, वरिष्ठ उपाध्यक्षमा गोल्छा, उपाध्यक्षहरु उद्योग वाणिज्य समूहमा प्रमोद श्रेष्ठ, वस्तुगत समूहमा उमेशलाल श्रेष्ठ र एसोसिएट समूहमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको थियो ।

पदभार ग्रहण गर्दै अध्यक्ष राणाले महासङ्घलाई सिङ्गो निजी क्षेत्रको सशक्त संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आजै कार्यकारिणी समितिको सदस्यमा ज्ञानेन्द्रलाल प्रधानलाई चयन गरिएको छ ।

 

  • 29Read This News:
  • 450796Total reads:
  • 262122Total visitors: