काठमाडौँबाट ७२१ जना जनप्रतिनिधि निर्वाचित हुने

काठमाडौँ, ३१ चैत २०७३ । स्थानीय तहको निर्वाचनमा काठमाडौँ जिल्लाबाट ७१२ जनप्रतिनिधि चयन हुने भएका छन् ।

काठमाडौँ महानगरपालिका र १० नगरपालिकाबाट ७१२ जना जनप्रतिनिधि चयन गरिने जिल्ला निर्वाचन अधिकारी चन्द्र गौतमले जानकारी गराउनुभयो ।

उहाँका अनुसार महानगर र १० नगरपालिकाका १३८ वडामा १/१ जना मेयर, उपमेयर वडा अध्यक्ष र ४ सदस्य निर्वाचित हुने छन् ।

मेयर र उपमेयरमध्ये १ जना महिला तथा ४ सदस्यमा १/१ जना महिला र दलित महिला निर्वाचित हुने छन् ।

उहाँका अनुसार सबभन्दा बढी काठमाडौँ महानगरपालिकामा १६२ जना प्रतिनिधि चुनिने भएका छन् । काठमाडौ महानगरमा ३२ वडा रहेका छन् ।

यसैगरी चन्द्रागिरिबाट ७७, बुढानिलकण्ठ ६७, तारकेश्वरबाट ५७, साँखुबाट ५७, कीर्तिपुर र नार्गाजुनबाट ५२/५२, तथा कागेश्वरी, गोकणेश्वर शङ्खरापुर र दक्षिणकाली नगरपालिकाबाट ४७/४७ जना प्रतिनिधि चयन हुनेछन् ।

 

  • 28Read This News:
  • 450096Total reads:
  • 261472Total visitors: