उपप्राध्यापक तथा सञ्चारकर्मी शर्मालाई विद्यावारिधि उपाधि

काठमाण्डौ, २९ चैत २०७३ । उपप्राध्यापक तथा सञ्चारकर्मी रत्नावली शर्माले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा विद्यावारिधि प्राप्त गर्नुभ्एको छ ।

करिब एकसय ५० वर्ष अगाडी बाग्लुङ जिल्लामा जन्मिएका संस्कृत साहित्यका कवि सुकृतिदत्त पन्तद्वारा लिखित कार्तवीर्योदयमहाकाव्य संस्कृत जगतको एउटा उत्कृष्ट महाकाव्य हो । त्यही काव्यमा केन्द्रित रही “सुकृतिकृतकार्तवीर्योदयमहाकाव्यस्यालङ्कारिकमध्यनम्” शीर्षकमा उहाले गर्नुभएको “ऊ” र “अ” अनुसन्धानका लागि यो उपाधी प्रदान गरिएको हो।

दाङमा जन्मिइ काठमाडौं को वाल्मीकी विद्यापीठमा प्राध्यापनरत शर्मा विगत एक दशकदेखी पत्रकारीतामा पनि सक्रिय रही रेडियो नेपालमा समाचार सम्पादक र वाचकका रूपमा पनि कार्यरत हुनुहुन्छ

 

  • 52Read This News:
  • 449440Total reads:
  • 260849Total visitors: