दुई रसियाली र एक अमेरिकी अन्तरीक्ष यात्रापछि सकुशल पृथ्वीमा अवतरण

काजकिस्तान, २९ चैत २०७३। दुई रसियाली तथा एक अमेरिकी अन्तरीक्ष यात्रीले आफ्नो १७३ दिन लामो अन्तरीक्ष यात्रा पूरा गरी सोमबार मध्य काजकिस्तानमा सकुशल अवतरण गरेका छन् ।

अमेरिकी अन्तरीक्ष सङ्गठन (नासा) का सेन किमबोरोका साथ रसियाली स्पेस एजेन्सीका सर्गेइ रिझीकोभ र एन्डे«इ बोरिसेन्को सन् २०१६ को अक्टोबारमा अन्तरीक्ष यात्राका लागि छुट्नुभएको थियो । उहाँहरूको अवतरणको नासा टेलिभिजनद्वारा पुष्टि गरेको छ ।

उहाँहरू यात्रा गरेको अन्तरीक्ष यान ग्रीनविच समयअनुसार ११ बजेर २० मिनेटको समयमा जेजकाजगान सहरमा अवतरण भएको हो ।

रिझिकोभको यो पहिलो अन्तरीक्ष यात्रा थियो भने पूर्व गल्फवार हेलिकप्टर चालक किमबोरोको सन् २००८ मा १६ दिन लामो अन्तरीक्ष यात्राको अनुभव थियो ।

त्यसैगरी बोरिसेन्कोले सन् २०११ मा १६४ दिनको अन्तरीक्ष भ्रमणको अनुभव बनाइ सक्नुभएको थियो ।

 

  • 29Read This News:
  • 480715Total reads:
  • 288173Total visitors: