पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने भारतको चेतावनी

भारत, १२ चैत २०७३। भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ ।

आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतको भनाइ छ ।

“भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ,” गृह मन्त्री राजनाथ सिंहले भन्नुभयो ।

“पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो,” उहाँले भन्नुभयो ।

 

  • 31Read This News:
  • 418091Total reads:
  • 230826Total visitors: