सकुन्तला वर्मा टि २० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्रिकेटलाई

रुपन्देही, १२ चैत २०७३ । लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहियाले शशिकान्त सकुन्तला वर्मा टि २० क्रिकेट प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।
रुपन्देहिको भैरहवा स्थित सिद्धार्थ रङ्गशालामा शनिबार सम्पन्न फाईनलमा लुम्बिनी क्लबले वेस्टर्न क्रिकेट क्लब बुटवललाई ७ रनले पराजित गरेको थियो ।

प्रथम भएको लुम्बिनी क्रिकेट क्लबले ५० हजार र दोस्रो भएको बेस्टर्न क्रिकेट क्लबले २५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडि घोषित भएका देवदह क्रिकेट युनिटि देवदहका सुरज दराईले १० हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।

परेश सापकोटा

 

  • 28Read This News:
  • 418192Total reads:
  • 230926Total visitors: