सीद्वारा नेतन्याहुलाई शान्तिका लागि पहल गर्न आग्रह

चीन, ९ चैत २०७३। चीनका राष्ट्रपति सी जिनपिङले इजरायल तथा स्वतन्त्र प्यालेस्टाइनबीच सकेसम्म छिट्टै शान्ति कायम गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको मङ्गलबारको भेटका क्रममा बताएको सिन्ह्वाले जनाएको छ ।

सबै पक्षको चाहना मध्यपूर्वको शान्ति स्थायित्व र प्रगति भएको र इजरायलले प्यालेस्टिनी–इजरायली विवादलाई ‘दुई देशीय समाधान’ मार्फत् सल्टाउनेछ, चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

“सकेसम्म छिट्टै दुई देश (इजरायल र प्यालेस्टाइन) शान्ति र सहअस्तित्वका साथ अघि बढ्ने छन्,” सीले बताए ।

उक्त अवसरमा इजरायली प्रधानमन्त्री नेतन्याहुले इजरायल मध्यपूर्वको मामिलामा महत्वपूर्ण भूमिका खेलेको देख्न आफू इच्छुक रहेको बताए ।

इजरायली नेता नेतन्याहुले बृहत् आविस्कारमूलक कार्यमा दुई देशको सहकार्य हुने विश्वास व्यक्त गरेकोछ।

 

  • 36Read This News:
  • 419062Total reads:
  • 231788Total visitors: