ट्रम्पको चुनावी अभियानमा रसियासँग तालमेल भएको प्रमाण छैन: नुन्स

अमेरिका, ७ चैत २०७३ । संयुक्त राज्य अमेरिकाको गुप्तचर मामिला हेर्ने कँग्रेस समितिका अध्यक्षले अमेरिकी राष्ट्रपतीय निर्वाचनका समय निर्वाचन अभियानमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाबीच तालमेल रहेको भन्ने विषयमा ‘कुनै आधिकारिक प्रमाण’ नभेटिएको बताउनुभएको छ ।

आइतबार बिहानसम्म मैले प्राप्त गरेका सबै तथ्यलाई हेर्दा ट्रम्पको निर्वाचन अभियानमा रसियासँगको साँठगाँठ रहेको कुनै तथ्य नभेटिएको अमेरिकी प्रतिनिधि तथा अमेरिकी संसदको गुप्तचर समितिका अध्यक्ष डेभिन नुन्सले आइतबार फक्स न्युज टेलिभिजनको कार्यक्रममा बताएकाछन ।

नुन्सको यो प्रतिक्रिया अमेरिकी सङ्घीय अनुसन्धान विभाग (एफबीआई) का निर्देशक जेम्स कोमी उहाँको समितिमा उपस्थित हुन दिइएको एक दिन अगाडि आएको हो ।

अमेरिकी कँग्रेस समितिमा सोमबार जेम्स कोमीले सांसदहरुद्वारा ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियान र रसियाली सम्बन्ध विषयमा ट्रम्पमाथि लागेका आरोपबारे जवाफ दिने कार्यक्रम रहेको छ ।

 

  • 45Read This News:
  • 486809Total reads:
  • 291384Total visitors: