यौन क्रियाकलापमा संलग्न ३ जोडी पक्राउ

भक्तपुर, ५ चैत । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले यौन क्रियाकलापमा संलग्न ३ पुरुष र ३ महिलालाई शनिवार पक्राउ गरेको छ ।

भक्तपुर नपा–११, आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा प्रहरी टोलीले छापा मार्दा रेस्टुरेन्टको माथिल्लो तलाको ३ वटा कोठाबाट यौन क्रियाकलापमा संलग्न भइरहेको अवस्थामा ३ जोडी महिला पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी परिसर, भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले रेस्टुरेन्ट सञ्चालकसमेतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

 

  • 28Read This News:
  • 453559Total reads:
  • 264642Total visitors: