एटिएमबाट पैसा चोर्ने २ विदेशी पक्राउ

कास्की, ६ चैत २०७३ । जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आशङ्कामा २ विदेशी नागरिकलाई शनिवार पक्राउ गरेको छ ।

पोखराको लेकसाइडस्थित हिमालयन बैंक लिमिटेड र नविल बैंक लिमिटेडबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट देखेपछि प्रहरीले बुल्गेरियाली नागरिकद्वय रामन डिभोभ र मार्टिन रिस्टोरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

उनीहरुबाट प्रहरीले ३ थान ल्यापटप र मोबाइल पनि नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ ।

 

  • 28Read This News:
  • 453610Total reads:
  • 264650Total visitors: