ईटहरी गोल्ड कपको उपाधि काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरलाई

झापा, ४ चैत २०७३ । काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले ईटहरी गोल्ड कप आमन्त्रण अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

ईटहरी स्थित जनता माध्यमिक विद्यालयको मैदानमा बिहिबार सम्पन्न फाईनलमा काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले सशस्त्र प्रहरीको ए पि यफ क्लब पूर्वान्चललाई १÷० गोल पराजित गर्दै उपाधि प्राप्त गरेको हाम्रा शुनसरी समाचारदाता आषिश कुमार यादवले जनाएका छन् ।

प्रथम भएको काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले २ लाख र दोस्रो भएको ए पि यफ क्लब पूर्वान्चलले १ लाख रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।

फाईनल खेलमा एक मात्र निर्णायक गोल गर्न सफल काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका पिटरले यस खेलको म्यान अफ दि म्याच हुँदै ५ हजार रुपैँया प्राप्त गरेका थिए ।
प्रतियोगितामा उदयमान खेलाडि घोषित भएका राष्ट्रिय जाग्रीती क्लब ईटहरीका बिमल मगरले एउटा २४ ईन्चको यल ई डि टेलिभिजन प्राप्त गरेका थिए ।

प्रतियोगितामा सर्वाधिक गोल गर्न सफल काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका सामसोनले १० हजार रुपैँया प्राप्त गरेका पनि हाम्रा शुनसरी समाचारदाता आषिश कुमार यादवले जनाएका छन् ।

परेश सापकोटा

 

  • 36Read This News:
  • 454205Total reads:
  • 264950Total visitors: