एक सय एकहत्तर विद्यार्थी परीक्षा दिनवाट वञ्चित

कास्की, ३ चैत २०७३। आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा कास्कीबाट एक सय ७१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

वर्षभरि ७० प्रतिशत हाजिरी नपुगेपछि उनीहरुले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालयका उपसचिव गोविन्द पोखरेलले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ १० हजार ४ सय ६३ र पुनःपरीक्षातर्फ १ सय ७२ छात्रछात्रा संलग्न भएका छन् । परीक्षाका लागि ३१ केन्द्रको व्यवस्था गरिएको छ ।

यस्तै परीक्षामा कारागारका ३ बन्दी, ४ दृष्टिविहीन, १५ सुस्तश्रवण र ११ जना बालसुधार गृहबाट सहभागी भएका छन्

जिल्लाका १ सय ६३ संस्थागत र १ सय १४ सामुदायिक विद्यालयका छात्रछात्राले परीक्षा दिइरहेको कार्यालयले जनाएको छ ।

 

  • 60Read This News:
  • 459716Total reads:
  • 269217Total visitors: