हैजाका कारण सोमालियामा एक सय छ्यानब्बे जनाको मृत्यु

सोमालिया, २४ फागुन २०७३ । हैजाका कारण सोमालियामा गत जनवरीदेखि अहिलेसम्म १९६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार जनाएको छ ।

राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी संयोजकले दिएको जानकारी अनुसार सन् २०१७ सुरु भएदेखि अहिलेसम्म ११ क्षेत्र, ३८ जिल्लाका ७ हजार ९०९ जनामा हैजाको प्रकोप देखिएको छ ।

हैजा फैलिएका ठाउँका समुदायका लागि स्वास्थ्यसम्बन्धी साझेदार निकायहरुले सहयोग गरिरहेको पनि पछिल्लो ताजा विवरणमा जनाइएको छ ।

समुद्री तटहरुमा हैजा उपचार केन्द्रहरु स्थापना गरेर हैजाका धेरै बिरामीको व्यवस्थापन गरिएको राष्ट्रसङ्घले उल्लेख गरेको छ ।

“लोवेर जुब्बा, बनादीर र बाई क्षेत्रमा साझेदार निकायहरुले धेरै मेहनेत गरेर बिरामीहरुलाई उद्धार गरिरहेका छन्,” राष्ट्रसङ्घीय एक प्रतिनिधिले भन्नुभयो ।

उहाँले बाकुल क्षेत्रका वाजिद, बुर्धुहुन्ले, गेडो र गार्वाहारेइ जिल्ला हैजाबाट सबैभन्दा धेरै प्रभावित भएको जानकारी दिनुभयो ।

 

  • 22Read This News:
  • 449790Total reads:
  • 261181Total visitors: