भिरबाट लडेर गर्भवती २८ वर्षीया कमला ठगुन्नाको मृत्यु

बैतडी, २७ असोज २०७३ । भिरबाट लडेर दार्चुलाको धुलिगाडामा एक गर्भवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुलिगाडा–७ रैचुका करन ठगुन्नाकी २८ वर्षीया श्रीमती कमला ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

महिलाको घर नजिकै रहेको भिरमा खर काट्ने क्रममा बुधबार लडेर मृत्यु भएको हो ।

प्रहरी टोली घटनास्थलतर्फ गएको जिप्रकाले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ ।

 

  • 45Read This News:
  • 472952Total reads:
  • 281511Total visitors: