फरमाजो सोमालियाको राष्ट्रपतिमा निर्वाचित

सोमालिया, २७ माघ २०७३। सोमालियाका पूर्वप्रधानमन्त्री मोहम्मद अब्दुल्लाही फरमाजो सोमालियाको राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ ।
वर्तमान राष्ट्रपति हसन सेख मोहम्मदसँग भएको दोस्रो चरण सम्मको मतदानपछि उहाँ निर्वाचित हुनु भएको हो ।

दोस्रो चरणको मतदानमा फरमाजोले १८४ मत ल्याउनु भएको थियो भने उहाँका निकटम प्रतिद्धन्द्धी मोहम्मदले ९७ मत ल्याउनु भएको थियो । तेस्रो उम्मेदवारको रुपमा प्रतिस्प्रधामा रहनु भएका सरिफ सेख अहमदले ४५ मत मात्रै पाउनु भएको थियो ।

नवनिर्वाचित राष्ट्रपति फरमाजो सन् २००९ देखि २०१० सम्म सोमालियाको प्रधानमन्त्री बन्नु भएको थियो । उहाँले आफुलाई निर्वाचनमा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

फरमाजोसँग अमेरिकाको राहदानी छ भने उहाँले स्टेट युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीति शास्त्रबाट स्नातकोत्तर गर्नु भएको छ । उहाँ विश्वविद्यालयका पूर्वप्राध्यापक पनि हुनुहुन्छ ।

त्यस बाहेक उहाँले न्युयोर्क राज्य, बफेलो नगरपालिका लगायतका अन्य विभिन्न निकायहरुमा पनि काम गर्नु भएको थियो ।

फरमाजोले प्रधानमन्त्रीबाट हटेपछि सन् २०११ मा सोमाली जस्टीस एण्ड इक्वालिटी पार्टी नामका नयाँ पार्टी खोल्नु भएको थियो ।

 

  • 52Read This News:
  • 459762Total reads:
  • 269259Total visitors: