चाइनिज पेस्तोलसहित एक प्रक्राउ

बाँके, २४ माघ २०७३ । चाइनिज पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका–८ बस्ने सद्दाम पठानलाई प्रहरीले प्रक्राउ गरेको छ ।

भारतीय क्षेत्रबाट नेपालगन्जतर्फ भित्र्याइँदै गरेको चाइनिज पेस्तोलसहित उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

नेपाल भारतको सीमा क्षेत्र जमुनाहाबाट एक थान पेस्तोल र पेस्तोलमा लाग्ने तीन थान गोलीसहित पठानलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“पठानको साथबाट दुई पुरिया ब्राउनसुगरसमेत बरामद भएको छ, सीमा क्षेत्रको अपराध न्यूनीकरणका लागि नियमित चेकजाँचको क्रममा गोलीसहितको हतियार फेला परेका हौंँ ।”

पछिल्ला दिनमा भारतबाट नेपालतर्फ हतियार आपूर्ति गर्ने गिरोह रहेको सूचना आइरहेको जानकारी गराउँदै थापाले त्यसलाई निस्तेज पार्नका लागि प्रहरी लागिपरेको प्रहरीले जनाएको छ ।

 

  • 25Read This News:
  • 480718Total reads:
  • 288175Total visitors: