इटाली, ६ माघ २०७३। मध्य इटालीमा बुधबार ३ पटकसम्म भूकम्प गएको समाचार छ । इटालीमा गत वर्ष मात्र भीषण भूकम्पले सताएको थियो ।
स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको र त्यसको ५० मिनेट पछी ५.७ म्याग्निच्युड र तेस्रो भने ५.५ म्याग्निच्युडको भएको बताइएको छ ।
सो भूकम्पको कम्पन आबु्रज्जो लजिओ, मर्चेलगायत रोममा पनि महसुस गरिएको बताइएको छ ।
पछिल्ला भूकम्पहरुले अत्यन्त क्षतिग्रस्त बनाएको आकिइला सहरमा भने भवनहरु क्षतिको कुनै खवर प्राप्त नभएको बताइएको छ ।
सो भूकम्पको केन्द्रविन्दु पहाडी सहर अमाट्रिसे नजिकैको क्षेत्रमा अङ्कित भएको छ । यस इलाका गत वर्षको अगस्त र अक्टोबरमा गएको भूकम्पको अति प्रभावित क्षेत्र हो ।
गत वर्ष पनि आमाट्रिसे नजिकै ६.० म्याग्निच्युडको भूकम्पका कारण करिब ३ सय व्यक्तिको मृत्यु भएको थियो ।
For More News: http://www.bbc.com/news/world-europe-38663608


