आन्तरिक राजस्व कार्यालय पोखराद्वारा करिव साढे ३ अर्ब राजस्व सङ्कलन

कास्की, ५ माघ २०७३। आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म रु ३ अर्ब ३४ करोड ५२ लाख राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु २ अर्ब ६५ करोड १९ लाख राजस्व सङ्कलन गर्ने लक्ष लिएको थियो । कार्यालयले अन्तःशुल्कतर्फ रु १ अर्ब ६० करोड ५६ लाख, आयकरतर्फ रु ९९ करोड ७५ लाख, मूल्यअभिवृद्धि करतर्फ रु ४९ करोड ४३ लाख, घर भाडा करतर्फ रु ८ करोड २९ लाख, स्वास्थ्य सेवा करतर्फ रु ४ करोड ५ लाख तथा शिक्षा सेवा करतर्फ रु २ करोड ४० लाख राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले बताए।

आन्तरिक राजस्व कार्यालय पोखराअन्तर्गत गण्डकी र धवलागिरि अञ्चलका १० जिल्लामा १ लाख ११ हजार ५०० करदाता रहेका छन् । ६९ हजार ८०० करदातासँग व्यावसायिक स्थायी लेखा नम्बर र ४१ हजार ७०० सँग व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाता रहेका छन् ।

 

  • 102Read This News:
  • 417658Total reads:
  • 230413Total visitors: