कैलाली, ३ पुस २०७३। मुक्तकमैया वृद्धि विकास तथा सीपमूलक तालिम कार्यक्रमपछि कैलालीका अधिकांश मुक्तकमैया स्वरोजगार बन्दै गएका छन् ।
आर्थिक वर्ष २०५२÷५३ देखि २०७२÷०७३ सम्म ४ हजार २७२ जनालाई स्वरोजगार सम्बन्धी तालिम दिएकामा २ हजार ९२२ मुक्तकमैयाले तालिममा सिकेको सीप उपयोग गर्दै स्वरोजगार भएको भूमिसुधार कार्यालयका सुभरभाइजर अमरबहादुर चौधरीले जानकारी दिनुभयो ।
सो कार्यक्रमअन्तर्गत सिलाइकटाइ, कुखुरापालन, बङ्गुरपालन, पेन्टिङ्, वाइरिङ, मोटरसाइकल तथा साइकलमर्मत लगायत ३९ शीर्षकमा तालिम दिइएको थियो ।
चालु आर्थिक वर्षमा पनि ४५ मुक्त कमैयालाई यस्ता तालिम दिन रु १४ लाख विनियोजन भएको भूमिसधार अधिकारी लक्ष्मणबहादुर कठायतले बताए ।
तालिम लिएकामध्ये ७० प्रतिशतले सीपको उपयोग गरी आर्यआर्जनमा लागेकाले उनीहरुको आर्थिकस्तर सुधार भएको छ ।


