वैज्ञानिक शाक्यले वनाए ३५ वाट विद्युतबाट चल्ने कम्युटर

काठमाडौँ, ३ पुस २०७३ । कुनै पनि कम्युटर चलाउनका लागि २६० वाट बिजुलीे आवश्यक पर्छ, तर नेपालका कम्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले ३५ वाट विद्युतबाट चल्ने कम्युटरको विकास गर्नुभएको छ ।

आइसिटी पत्रकार विकासमञ्चको ६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व वैज्ञानिक शाक्यले विकास गर्नुभएको उक्त कम्युटर प्रदर्शनमा राखिएको थियो ।

पाँच दशकदेखि कम्युटर क्षेत्रमा लाग्नुभएका शाक्यले सो कार्यक्रममा सम्मान ग्रहण गर्दै भन्नुभयो –“कालिकोटसहित देशका थुप्रै ठाउँमा झन्डै छ हजार बिरामीलाई उक्त कम्प्युटर प्रयोगको माध्यमबाट उपचार गर्न सहयोग पुग्यो ।
लोडसेड्किा कारण विद्युत् आपूर्ति अवरुद्ध हुनेगरेका कारण कम विद्युत् उपभोग गर्ने कम्प्युटर निर्माण गर्ने सोच बल्ल सफल भएको उहाँले बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले देशमा कम्युटर सञ्जालमा हुने ह्याकिङजस्ता समस्या बढेकाले समयमै नियन्त्रण गर्न नसके राज्यको नियन्त्रण भन्दा बाहिर जाने बताउनुभयो ।

उहाँले कम्युटरको माध्यमबाट हुने अपराध नियन्त्रण गर्न कानुन बनाउन लागिएको पनि जानकारी दिनुभयो ।

सो अवसरमा उहाँले पर्यटन, कम्युटर, समाजसेवा, पत्रकारितालागयतका क्षेत्रमा योगदान पु¥याउने २४ जनालाई सम्मान गर्नुभएकोे थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन राज्यमन्त्री इन्द्रबहादुर बानियाँ, कम्युटर प्रेस काउन्सीलका अध्यक्ष बोर्णबहादुर कार्की, निर्देशक डिनेश डिसी, मञ्चका अध्यक्ष भरतराज उप्रेति तथा सचिव मोहन खतिवडालगायतले महोत्सवलाई सम्बोधन गर्नुभएको थियो ।

 

  • 48Read This News:
  • 459220Total reads:
  • 268744Total visitors: