श्रीलङ्का सडक दुर्घटनामा १० जनाको मृत्यु

श्रीलङ्का, ३ पुस २०७३ । श्रीलङ्काको जाफ्ना क्षेत्रमा एउटा भ्यान र बस एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।

मृतक सबै भ्यानमा चढेर जाफ्ना सहरतिर हिँडेका यात्रु रहेका प्रहरीले जनाएको छ । घटनामा २१ जना घाइते भएका र उनीहरूमध्ये तीनजनाको अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ ।

श्रीलङ्कामा कमजोर सडक संरचनासँगै चालकको लापर्बाहीका कारण सडक दुर्घटना बढेको भन्दै सरकारले चालकबाट हुने लापर्बाहीलाई न्यूनीकरण गर्न भनी औसत ट्राफिक जरिवानालाई एक महिनाअघि ५०० रुपैयाँबाट २५ हजार रुपैयाँ पुर्याइएको थियो ।

श्रीलङ्कामा बर्सेनि औसत ३ हजार व्यक्तिको सडक दुर्घटनाका कारण ज्यान जाने गर्छ ।

 

  • 43Read This News:
  • 459299Total reads:
  • 268821Total visitors: