३८ लाख ३५ हजार रुपैयाँसहित यादव पक्राउ


धनुषा,
धनुषा जिल्लाको नगराईन नगरपालिका २ स्थित जटही ईलाकाबाट पौष २२ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ बर्षिय अमित कुमार यादव पक्राउ परेका छन् ।


प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतलर्फ आउँदै गरेका निज यादवलाई जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँकोे श्रोत नखुलेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

  • 109Read This News:
  • 405462Total reads:
  • 218858Total visitors: