किभद्वारा पन्ध्र विद्रोहीलाई थुनामुक्त गर्ने

किभ (युक्रेन), १ पुस २०७३ । युद्धग्रस्त पूर्वी युक्रेनबाट रसिया पक्षधर विद्रोहमा संलग्न भई जेलजीवन बिताइरहेका विभिन्न १५ जना विद्रोहीप्रति सद्भाव व्यक्त गर्दै एकतर्फी रुपमा थुनामुक्त गर्ने भएको छ ।

युक्रेनले दुवैतर्फ रहेका बन्धक व्यक्तिलाई क्रमशः छुटाउने सकारात्मक पहललाई अघि बढाउन २२८ जना रसिया पक्षधर विद्रोहीमध्ये १५ जना विद्रोहीलाई रिहा गर्ने प्रक्रिया अघि बढाएको, रसिया–यूक्रेन शान्ति वार्तामा मावनीय मुद्दाहरु हेर्नुे युक्रेनी सांसद यिरिना गारेस्चेन्कोले बताउनुभयो ।

रिहा गरिन लागेका उनीहरुमध्ये छ जना महिला रहेको साथै केही वृद्ध र केही बिरामी छन् । उनीहरुलाई राष्ट्रपतिद्वारा क्षमादान दिइने बताइएको छ ।

 

  • 44Read This News:
  • 483733Total reads:
  • 289378Total visitors: