मार्चदेखि आप्रबासीलाई ग्रीस फिर्ता पठाउन ईयूको प्रस्ताव

बेल्जियम, २४ मङ्सिर २०७३ । युरोपियन युनियन (ईयू) ले बिहीबार सन् २०१७ को मार्च १५ पछि ग्रीसमा आर्थिक मन्दीका कारण युरोपका विभिन्न सम्पन्न मुलुकमा प्रवेश दिइएका आप्रवासीलाई ग्रीसमा फर्काउने प्रक्रिया पुनः सुरु गर्ने प्रस्ताव ल्याएको छ ।

ईयू सदस्य राष्ट्रको बैठकमा सन् २०११ मा युरोपेली अदालतले ग्रीसको आर्थिक अवस्था कमजोर भएको भन्दै त्यहाँ शरण लिई बसेका आप्रवासी शरणार्थीलाई अन्य धनी राष्ट्रमा जान छुट दिने गरी निर्णय दिएको थियो ।

युरोपेली आयोगका कार्यकारी प्रमुखले पछिल्लो समय ग्रीसको अर्थ व्यवस्थामा आंशिक सुधार देखिएकाले यस अवस्थामा सन् २०११ को आदेश बाध्यकारी नहुने भन्दै आगामी मार्च १५ देखि आप्रवासी शरणार्थीलाई ग्रीस फर्काइने प्रक्रियाको सुरु गरिने बताउनुभयो ।

 

  • 50Read This News:
  • 505309Total reads:
  • 308676Total visitors: