कङ्गोमा झडप २३ जनाको मृत्यु

कङ्गो, २१ मङ्सिर २०७३ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भएका पछिल्ला केही दिनका प्रहरी र स्थानीय मिलिसियाबीच भएका झडपमा २३ जनाको मृत्यु भएको कासाई प्रान्तका उप–गभर्नरले बताउनुभएको छ ।

मध्य कङ्गोमा शुक्रबारदेखि सुरु भई आइतबारसम्म भएको झडपमा प्रहरीतर्फ १३ जनाको मृत्यु भएको र १४ जना घाइते भएको उप–गभर्नर हुवर्ट विङ्घो नोवलाले सोमबार सरकारी टेलिभिजनलाई बताउनुभएको छ ।

त्यसैगरी झडपमा १० जना मिलिसिया ९लडाकू० को मृत्यु भएको पनि उहाँले जानकारी गराउनुभयो ।

 

  • 30Read This News:
  • 419051Total reads:
  • 231777Total visitors: